Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
अध्यागमन तथा सीमा प्रशासन कार्यालय,पशुपतिनगर इलाम
परिचय

जिल्ला प्रशासन कार्यालय, इलाम

अध्यागमन तथा सीमा प्रशासन कार्यालय, पशुपतिनगर, इलाम

Government of Nepal Logo
अध्यागमन तथा सीमा प्रशासन कार्यालय,पशुपतिनगर इलाम
परिचय

जिल्ला प्रशासन कार्यालय, इलाम

अध्यागमन तथा सीमा प्रशासन कार्यालय, पशुपतिनगर, इलाम

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

2076-08-06

2076-08-06


For Test

काठमाडौँ, ५ बैशाख । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई  पुरस्कृत गरीएको छ । गृहमन्त्रालयमा आज एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा‘बादलले उहाँहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गर्नुभएको हो । बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई रु आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरीएको छ ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाईदिनुहुँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उहाँको भनाई छ ।  सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिनुभयो ।

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आ.व.२०७३/७४सम्मको आ.व. २०७४/७५मा फछ्र्यौट गरीसक्नुपर्ने सो अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्योट भएको छ ।

यस्तै नेपाल प्रहरीको आ.व.२०७३/७४सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ । बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्योटमा संलग्न उक्त अवधीमा कार्यरत प्रशाशकिय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र प्रदान गर्न सकिने पत्र अनुसार उहाँहरुलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-12 12:17:40

© सर्वाधिकार सुरक्षित अध्यागमन तथा सीमा प्रशासन कार्यालय, पशुपतिनगर, इलाम .